उपनिर्वाचनमा एमालेको जित मिसन-०८४ को सफलताको शुरूवात हो: अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यहि वैशाख १५ गते सम्पन्न भएको उपनिर्वाचनमा इलाम-२ र बझाङ प्रदेश सभा-१ को जितले मिसन-२०८४ बलियो बनाएको बताउनुभएको छ ।
‘सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचन कार्यक्रमलाई सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले भन्नुभयो,-'२ वटा उपनिर्वाचन एमालेले जितेको छ । यो हाम्रो मिसन-०८४ सफलताको शुरुवात हो । हामी मिसन-०८४ लाई सफल बनाएर छाड्छौं ।’
उहाँले भन्नुभयो,-'एमालेलाई सिध्याउन पटक पटक प्रयास गरे । तर सफल हुन सकेनन् । सबै साथीहरूलाई मिसन-०८४ मा सहभागी हुन अपिल छ । आन्दोलन बलियो र विजयी भए नेता कार्यकर्ता त्यसै बलियो हुन्छन् । आफूलाई वामपन्थी भन्ने सबै शक्ति र व्यक्तिलाई एमालेको धारमा मिसिन आग्रह गर्छु ।’