संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई आगामी जेठ १ गते राष्ट्रपति पौडेलले सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते मंगलबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
संघीय संसद सचिवालयले शनिबार एक सूचना जारी गर्दै २०८१ साल जेठ १ गते मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसदका सदस्यलाई उपस्थित हुन समेत आह्वान गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले सोही दिन संयुक्त बैठक आह्वान गर्नुभएको छ ।
जेठ १ गते मंगलबार आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी रहेको हो ।