रास्वपाको संसदीय दलको बैठक शुरू
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक शुरु भएको छ ।
पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बिहान ८ बजेदेखि बैठक शुरु भएको हो । बैठक यहि वैशाख २८ गतेदेखि शुरु हुने संसदको बजेट अधिवेशनमा केन्द्रित रहने महामन्त्री मुकुल ढकालले जानकारी दिनुभएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाइरहेको माग र संसदको बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका लगायतका विषयमा छलफल हुने उहाँले बताउनुभयो ।