बेलायतका प्रधानमन्त्री सुनकद्वारा आमनिर्वाचनको घोषणा
एजेन्सी । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमनिर्वाचनको घोषणा गर्नुभएको छ ।
संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको बताउदै बुधबार प्रधानमन्त्री सुनकले आगामी जुलाई ४ तारिखमा आमनिर्वाचनको घोषणा गर्नुभएको हो । अब अर्को हप्ता संसद विघटन हुने र त्यसपछि निर्वाचनको प्रक्रिया शुरु हुने बेलायती सञ्चार माध्यमले जनाएका छन् ।
बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसदहरुले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उहाँले आमनिर्वाचनको घोषणा गर्नुभएको हो । संसदको पहिलो बैठक बसेको पाँचौं वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था रहेको छ ।
तर सत्तारुढ दलमा रहेको विवादका कारण त्यसअघि नै आमनिर्वाचनको घोषणा गरिएको हो । बेलायतमा आमनिर्वाचन प्रायः बिहीबार हुने गर्दछ ।
आगामी सन् २०२४ जुलाई ४ तारिखमा पनि बिहीबार नै परेको हो ।