भारतमा एक होर्डिङ बोर्डले थिच्दा १४ जनाको मृत्यु, ७४ घाइते
एजेन्सी । भारतको मुम्बईमा एक होर्डिङ बोर्ड ढल्दा करिब १४ जनाको मृत्यु भएको छ ।
सोही घटनामा परी ७४ जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका हुन् । सोमबार दिउँसो वर्षासँगै आएको हावाहुरी र आँधीका कारण १७ हजार ४० वर्गफिटको उक्त होर्डिन बोर्ड खसेको थियो । होर्डिङ बोर्ड ७० मिटर लम्बाई र ५० मिटर चौंडाई भएको जनाइएको छ ।
उक्त बोर्ड वर्षा र हावाहुरी चलिरहेको अवस्थामा पेट्रोल स्टेनमा ओत लागेर बसेका मानिसहरुमाथि खसेको थियो । होर्डिङ बोर्ड मुनि फसेकाहरुको उद्धारका लागि धातु काट्न विभिन्न ठूला उपकरणहरू प्रयोग भइरहेको जनाइएको छ ।