भारतको एक बाल अस्पतालमा आगलागी हुँदा ६ जना नवजात शिशुको मृत्यु, १२ को सकुशल उद्धार
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा करिब ६ जना नवजात शिशुको मृत्यु भएको छ ।
शनिबार राति पूर्वीदिल्लीको विवेक बिहारस्थित बेबी केयर सेन्टरमा आगलागी भएको हो । आगलागीमा १२ जना नवजात शिशुको भने सकुशल उद्धार गरिएको छ । आगलागीमा जलेका ६ जना नवजात शिशुको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको हो । उनीहरुको अवस्था भने गम्भीर रहेको छ ।
विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि सोही घटनाको बारेमा अनुसन्धान जारी रहेको जनाइएको छ । आगलागीले सोही अस्पतालका उपकरणहरु जलेर नष्ट भएका थिए ।