एस्ट्राजेनेका कम्पनीले विश्वभरीबाट कोरोनाविरूद्धको खोप फिर्ता लैजाँदै
काठमाडौं । एस्ट्राजेनेका कम्पनीले विश्वभरी रहेका कोरोनाविरुद्धको खोप फिर्ता लैजाने निर्णय गरेको छ।
कम्पनीले विश्वभर रहेका कोरोनाविरुद्धको खोप फिर्ता लैजाने व्यापारिक निर्णय गरेको हो। कोरोनाको नयाँ प्रजातिविरुद्धको नयाँ खोपहरु बजारमा आएपछि आफ्नो कम्पनीको खोपको माग कम भएको बताउदै सबै खोप फिर्ता लैजाने निर्णय गरेको कम्पनीले जनाएको छ।
केही दिनअघि एस्ट्राजेनेकाले बेलायतको अदालतमा कोरोनाखोपबाट केही मानिसमा असामान्य नकारात्मक असर देखिएको स्वीकार गरेको थियो। सोही खोप लगाएका केही मानिसले कम्पनीविरुद्ध मुद्दा समेत दायर गरेका छन्।
उनीहरुले एस्ट्राजेनेकाको खोप लगाएकै कारण आफन्त गुमाएको बताउदै मुद्दा दायर गरेका हुन्।