बागमती प्रदेशसभाको वर्षे अधिवेशन आह्वान
काठमाडौं। बागमती प्रदेश सभाको वर्षे अधिवेशन आह्वान गरिएको छ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले यहि वैशाख ३१ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो। उहाँले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय र सिफारिस बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्नुभएको छ ।
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आगामी जेठ ४ गते प्रदेशसभा अन्तर्गतका विभिन्न ५ वटा समितिको सभापति पदको निर्वाचन गर्ने विषयमा सबै दलबीच सहमति भएको बताउनुभयो।