माओवादीका सांसद सापकोटा भन्छन्: ‘कांग्रेसले सरकारलाई बजेट ल्याउन अध्यादेशको बाटो दिंदैछ’
काठमाडौं । नेपाली कांग्रेसले मंगलबार पनि प्रतिनिधि सभा बैठकमा अवरोध कायम राखेपछि नेकपा माओवादी केन्द्रका संसद माधव सापकोटाले कांग्रेसले बजेट ल्याउन अध्यादेशको बाटो खोल्न लागेको बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक रोकिएपछि मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । कांग्रेसले अब पनि निरन्तर संसद अवरोध गरे बजेट ल्याउन अध्यादेशको बाटो हुन सक्ने उहाँको तर्क छ । उहाँले भन्नुभयो,-'कांग्रेसले नाटक देखाएर अध्यादेशबाट बजेट ल्याउने विकल्प दिएको जस्तो छ । यस्तो नगरोस् । बुधबारसम्मको समय छ । सरकार र कांग्रेसबीच साझेदारी बनोस् ।’
कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई १ पटक संसदमा बोल्न दिनुपर्ने समेत सांसद सापकोटाले बताउनुभयो ।