राष्ट्रपति पौडेलले गरे राजा थानीलाई स्वागत
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गरेका छन्।
निजी विमानबाट पौने ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राजा थानीलाई राष्ट्रपति पौडेल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गरेका थिए।
राष्ट्रपति पौडेलले पुष्पगुच्छासहित स्वागत गरेका थिए। लगत्तै उनलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको छ।