गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित २ जना मन्त्रीले आज शपथ लिए
काठमाडौँ । गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार दिउँसो मुख्यमन्त्री अधिकारीलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । अधिकारी एमालेका २२, नेकपा माओवादी केन्दको सभामुखसहित ८, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) को समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका थियो।
अधिकारीले मुख्यमन्त्रीको शपथ लिएसँगै सत्ता साझेदार माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरु (दीपक मनाङे) लाई विनाविभागीय मन्त्रीका रुपमा नियुक्त गरेर शपथ दिलाउनु भएको छ ।