इलाम–२ मा कांग्रेस उम्मेदवार डम्बर खड्काले गरे मतदान
काठमाडौं । इलाम-२ मा भइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसकाबाट उम्मेदवार बन्नु डम्बर खड्काले शनिबार मतदान गर्नुभएको छ।
शनिबार बिहान खड्काले इलाममा रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट मतदान गर्नुभएको हो । सोही मतदान केन्द्रबाट नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले पनि मतदान गरिसक्नु भएको छ । इलाम–२ मा १ लाख १५ हजार ८ सय ८९ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको हो।
एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि रिक्त पदमा शनिबार मतदान भइरहेको छ । कांग्रेसका उम्मेदवार खड्का २०७९ सालमा भएको आमनिर्वाचनमा नेम्वाङसँग १ सय १४ मतले पराजित हुनु भएको थियो ।
सोही निर्वाचनमा तत्कालीन सत्ता गठबन्धन कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले खड्कालाई समर्थन गरेका थिए ।