माधव नेपाललाई भेट्न कोटेश्वर जाँदै सभापति देउवा
दृष्टि सञ्चार संवाददाता । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न कोटेश्वर जाँदैछन्। सभापति देउवा साढे नौ बजेपछि कोटेश्वर आउने नेता नेपालको निजी सचिवालयले जनाएको छ ।
बिरामी भएर घरमै स्वास्थ्य लाभ गरिरहेका अध्यक्ष नेपाल भेट्न सभापति देउवासहितका नेता आउन लागेको एक नेताले बताए। एकीकृत समाजवादीका ती नेताले दिएको जानकारीअनुसार कांग्रेस प्रमुख सचेतक रमेश लेखकले देउवा आउन लागेको सन्देश पठाएका थिए।
राजनीतिक समीकरण बदलिएसँगै नेताहरूको दौडधुप जारी छ। मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाल भेट्न कोटेश्वर पुगेका थिए।
अध्यक्ष नेपाल नयाँ गठबन्धनप्रति सकारात्मक रहेको एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले जानकारी दिएका छन्।