एमाले कर्णालीमा ३०० मत गन्दा गुलाबजंगले पाए १८० मत
एमाले कर्णाली अध्यक्ष पदका उम्मेदवार गुलाबजंग शाहले १८० मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी मिनबहादुर शाहीले १०२ मत ल्याएका छन् भने प्रकाश रोकायाले ३ मत ल्याएका छन्।
उपाध्यक्षमा टेकराज पछाईले १६८, दानसिंह परियारले २२, लालबहादुर महाताराले ९६ मत ल्याएका छन्।
सचिवमा ध्रुब शाहीले २०७ र रुद्र शाहीले ७७ मत ल्याएका छन्।
उपसचिवमा रविन्द्र शर्माले १३०, रमेशकुमार शाहीले १२५ र पद्मा खड्काले ७१ मत ल्याएका छन्।