पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे निर्णय गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे निर्णय गर्न साढे १२ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
जनताको कमजोर क्रयशक्ति र चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गरी आयल निगमले सरकारको राजनैतिक नेतृत्वसङ्ग परामर्श गरेर मात्र निर्णय गरिनु पर्नेमा त्यो नभएकोमा प्रधानमन्त्री गम्भीर ध्यानाकर्षण भएको र सोबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।