विपद्को भयले त्रसित कर्णाली, फितलो पूर्वतयारी
कमजोर भू-बनोट, छरिएर रहेका बस्तीहरू । वातावरणीय प्रभाव अध्ययन विना हुने विकास । जलवायु परिवर्तन र प्राकृतिक स्रोतहरुको अत्यधिक दोहन । यिनै कारणले बाढी पहिरोको उच्च जोखिममा छ, कर्णाली ।
कर्णालीका पहाडी र हिमाली गरी नौ जिल्ला पहिरो र भित्री मधेशको सुर्खेत बाढीबाट प्रभावित हुन सक्ने प्रदेश सरकारको अनुमान छ । कर्णालीका बस्तीहरू भौगोलिक रुपमै जोखिममा रहेको र तत्काललाई ती घरधुरी सार्न मिल्ने नभएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकाया बताउँछन् । ‘हामीले जोखिम नक्सांकन गर्ने योजना बनाएका छौं । तर काम पूरा भएको छैन । नक्सांकन गरेको भए जोखिममा रहेका बस्ती तत्कालका लागि अन्यत्र सार्न मिल्थ्यो’, रोकायाले
कर्णालीमा यो वर्ष झण्डै ३५ हजार ३३३ जना विपदबाट प्रभावित हुने अनुमान विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको छ । प्राधिकरणका अनुसार ८ हजार ८५ घरधुरी बाढी पहिरोको जोखिममा छन् ।
विशेष गरी कर्णालीको कालीकोट विपदबाट धेरै क्षति हुने जिल्लामा पर्दछ । त्यसपछिको जोखिममा दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, जुम्ला रहेका छन् । हुम्ला, मुगु र डोल्पा पनि पहिरोको जोखिम छन् भने सुर्खेत बाढीको जोखिममा छ ।
भने ।