प्रधानमन्त्रीले अहिलेसम्म बिदा हुनुस् भन्नुभएको छैन : सुदन किराती
मन्त्री हेरफेरको हल्लाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निकट सूत्रमार्फत उनको सन्देश आइपुग्यो : ‘जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु । मिलाउने भनेको २ अंकको केन्द्रीय समिति बनाउ तर म सहितको हुनुपर्छु भन्ने मेरो सर्त होइन । अध्यक्ष कमरेडलाई बाध्यता छ हामी उहाँलाई सहयोग गर्न तयार छौं ।’
हामीले यसको आधिकारिकता परीक्षण गर्दा मन्त्रीले आफ्नो अभिव्यक्ति भएको स्वीकार गरे । अर्थात् उनी परिआयो भने मन्त्रीबाट फिर्ता हुने मुडमा छन् । धेरैपल्ट मन्त्रीबाट बाहिरिने हल्ला चलेको सन्दर्भमा मन्त्री किराती दिक्क भएको प्रष्ट हुन्छ ।