यस्तो छ माओवादी नेताहरुको कार्यविभाजन, कसलाई कहाँको जिम्मेवारी ? (सूचीसहित)
नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजनसहितको सर्कुलर मातहतका कमिटीलाई पठाएको छ । साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालयले सोमबार माहतका कमिटीलाई सर्कुलर पठाएको हो ।
अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेको सर्कुलरमा ३ महिने वडास्तरीय संगठन विस्तार अभियानलाई केन्द्रविन्दु बनाएर नेताहरुको कार्यविभाजन भएको एक नेताले बताए । माओवादीले आगामी भदौ १६ देखि तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ गर्न लागेको सन्दर्भमा पार्टीले कार्यविभाजन गर्दै संगठनलाई चलायमान बनाउन खोजेको हो ।
ती नेताका अनुसार एक व्यक्तिलाई एउटै मुख्य जिम्मेवारीमा केन्द्रित गर्ने व्यवस्था गरिएको छ । यस्तै फ््रयाक्सन इञ्चार्जहरु आवश्यकता अनुसार परिवर्तन गरिएको छ । जनवर्गीय संगठन मोर्चाको फ््रयाक्सन इञ्चार्जको जिम्मा स्थायी समिति सदस्यलाई बनाउन प्राथमिकता दिइएको ती नेताको भनाइ छ ।
स्थायी समिति सदस्य नपुगेका मोर्चाहरुमा केही वरिष्ठ केन्द्रीय सदस्यहरुलाई पनि जिम्मेवारी दिन सकिने निर्णय गरिएको छ ।