सङ्घीय संसद्का दुवै सदनबाट विनियोजन विधेयक पारित
सङ्घीय संसद्का दुवै सदनबाटविनियोजन विधेयकपारित
सरकारले, प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ ।
प्रतिनिधि सभाबाट यसअघि नै पारित भएको विनियोजन विधेयक, २०८० राष्ट्रियसभाको आजको बैठकले बहुमतले पारित गरेको हो ।
प्रतिनिधिसभाबाट सन्देशसहितप्राप्त बजेटमाथि राष्ट्रिय सभामा छलफल भइरहेको थियो ।
अर्थमन्त्री डा प्रकाशशरण महतले पेस गरेको प्रतिनिधिसभाबाट सन्देशसहितप्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्तावपारित भएको हो । त्यसअघि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्नशीर्षकमा प्रस्तुतखर्च कटौतीको प्रस्तावबहुमतले अस्वीकृत भएको थियो ।
आजको बैठकमा विनियोजनविधेयक, २०८० अन्तर्गत विभिन्नशीर्षकमाथिको छलफलका क्रममाउठेका प्रश्नको सम्बन्धितमन्त्रीले जवाफदिएकाथिए ।
सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित भएसँगै आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ ।