प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रालय गत बजेट माथि सुरु भएको छलफलले निरन्तरता पाउने
काठमाडौं । संघीय संसद अन्र्तगत आज पनिप्रतिनिधि सभा बैठक बस्दै छ ।
बैठक बिहान ११ बजेदेखि संघीय संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।
बैठकमा बजेट माथि बिहिबारबाट सुरू भएको मन्त्रालयगत छलफलको क्रम जारी रहने संसद सचिवालयले जनाएको छ ।
सचिवालयको कार्य सूचीअनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय माथि आर्थिक वर्ष ०८०÷०८१ को लागि विनियोजित बजेटमा केन्द्रित रहेर छलफल हुनेछ ।
आजको छलफलमा उल्लेखित तीन मन्त्रालय माथि खर्च कटौतीको माग सहित सांसदहरुले प्रस्तावसमेत पेश गर्ने बताईएको छ ।