मुगुमा रारा जाँदै गरेको गाडी दुर्घटना, पाँच जना घाइते
मुगुको टोप्लामा रारा जाँदै गरेको गाडी आइतबार दुर्घटनामा परेको छ। बा १७ च १८६४ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जना काठमाडौंको कलंकी र तीन जना ललितपुरका रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक पदम केसीले जानकारी दिए। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।