सभामुख डीपी अर्याल वीरगञ्जको घडिअर्वा पोखरीमा छठ पूजामा सहभागी
सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्वको अवसरमा वीरगञ्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा सहभागी भएका छन् ।
छठ पर्वका अवसरमा सभामुख अर्यालले पोखरीमा पुगेर पूजाआजाको अवलोकन गर्नुका साथै स्थानीय श्रद्धालुहरूसँग भेटघाट गरेका हुन् ।
श्रद्धा, आस्था र सांस्कृतिक परम्परासँग जोडिएको छठ पर्वका अवसरमा उनले स्थानीयसँग पर्वको शुभकामना आदानप्रदानसमेत गरेका छन् ।