मिटरब्याज पीडितहरुको १९ सदस्यीय वार्ता टोली गठन
मिटरब्याज पीडितहरुले १९ सदस्यीय वार्ता टोली गठन गरेका छन् । २० चैतदेखि काठमाडौंमा आन्दोलनरत पीडितहरुले गृह मन्त्रालयको टोलीसँग वार्ता गर्न टोली गठन गरेका हुन् ।
गृह मन्त्रालयले गत शुक्रबार सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनका अनुसार पीडितहरुले गृहमन्त्रीसँग नै वार्ता गर्ने अडान लिएका छन् ।