आईपीएल : राजस्थानलाई हराउँदै गुजरात शीर्ष स्थानमा
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा गुजरातले राजस्थानलाई ३७ रनले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । राजस्थान भने शीर्षबाट तेस्रो स्थानमा झरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा १९२ रन बनाएको थियो । गुजरातको दुई विकेट १५ रन बनाउँदा नै गुमिसकेको थियो । शुभमन गिल १३ रनमा आउट भएका थिए ।
त्यसपछि कप्तान हार्दिक पाण्ड्याले स्थिति सम्हाल्दै ५२ बलमा ८७ रनको योगदान गरे । उनलाई अभिनव मनोहरले ४३ रन बनाएर र डेभिड मिलरले ३१ रन बनाएर साथ थिए ।
राजस्थानका लागि कुलदीप सेन, युजवेन्द्र चहल र रियान परागले एक–एक विकेट लिए ।