सत्यमोहन जोशी अस्पताल भर्ना
संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।
उनलाई मंगलबार बिहान किस्ट अस्पतालमा भर्ना गरिएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए।
उनको स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको पाठकले बताए।