हत्या मुद्दाका फरार प्रतिवादी ३७ वर्षपछि पक्राउ परे
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले ३७ वर्षपछि पक्राउ गरेको छ।
ललितपुरको गोदावरी नगरपालिका-१० बस्ने सुनबहादुर तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बुधबार पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
२०४१ चैत १२ गते राति तामाङले चापागाउँ सल्यान गाउँका घटेरो कान्छो भन्ने गणेशबहादुर नगरकोटीलाई कुटपिट गरी हत्या गरेको महतोले बताए।
त्यस मुद्दामा जिल्ला अदालतले २०४४ जेठ ५ गते साबिक मुलुकी ऐन, अदालती बन्दोबस्तको महल १९० नम्बर बमोजिम मुद्दा मुल्तबीमा रहने गरी फैसला भएको थियो।