कर्मचारीहरूलाई अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न गृहमन्त्रीसँग माग
देशका विभिन्न ठाउँमा कार्यरत कर्मचारीलाई अभद्र व्यवहार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन नेपाल निजामती कर्मचारी युनियनले माग गरेको छ।
आज गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेल नेतृत्वको टोलीले कर्मचारीलाई कानुनविपरीतका क्रियाकलाप गर्नेमाथि कारबाही गर्न माग गरेका हुन्।
कर्मचारीहरूलाई भ्रष्टलगायत आरोप लगाउँदै देशका विभिन्न ठाउँमा मोसो दल्नेजस्ता कार्य भइरहेकोमा युनियनले विरोध गरेको छ।
गृहमन्त्री खाणले कानुनविपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएका छन्। घटनाहरूबारे अनुसन्धान जारी रहेको र दोषी पहिचान गरेर कारबाही गरिने उनको भनाइ थियो।