अर्थमन्त्री शर्मा संसद बैठकमा अनुपस्थित
अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा संसद बैठकमा अनुपस्थित भएका छन् ।
संसदमा अर्थमन्त्री शर्माले एमसीसी टेबुल गर्ने कार्यसूची संघीय संसद सचिवालयले जारी गरे पनि उनी बैठकमा अनुपस्थित भएका छन् ।
एमसीसी पेश गर्ने विषयमा नेकपा माओवादीभित्रै तीव्र मतभेद छ । सत्ता गठबन्धनको आजको बैठकमा अध्यक्ष प्रचण्डले टेबल गर्न सहमती जनाएका छन् । त्यसलगत्तै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी टेबल गर्ने निर्णय गरेको थियो ।