माधव नेपालको स्वास्थ्य सामान्य, कोरोना नेगेटिभ
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको इलेक्ट्रोलाइट सोडियम लेभलमा सुधार आएको छ।
त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेता नेपालको इलेक्ट्रोलाइट सोडियमको स्तर सामान्यभन्दा कम रहेको जानकारी दिएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालको शरीरको तापक्रम, रक्तचापलगायत अन्य अवस्था सामान्य रहेको उनले बताए।
नेता नेपालको मौसमी ज्वरो (सिजनल भाइरस फिवर) सम्बन्धी स्वास्थ्य अवस्थाको उपचार भइरहेको अस्पतालले जनाएको छ। नेता नेपालको कोभिड-१९ परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ।
अपराह्न ३:३० बजे उनको छातीको सिटीस्क्यानसमेत गरिएको थियो।
सामान्य ज्वरो, बान्ता आउने, पेटमा गडबडी र छातीमा केही समस्या देखिएपछि बुधबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो