२३ ग्राम ब्राउन सुगरसहित मोरङबाट दुईजना पक्राउ
प्रहरीले २३ ग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ पथरी नगरपालिका-२ बुद्ध चोक बस्ने ३४ वर्षीय भिमराज राई र सोही नगरपालिका- २ बस्ने अनुप सुब्बा लिम्बु रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट २३ ग्राम ब्राउन सुगर लागु औषध, २ वटा मोबाइल बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।