तीज हिन्दु नारीहरूकाे विशेष चाड कोबारे भूगोलपार्क डट कमले अनलाइन मत सर्वेक्षण गर्दै
तीज हिन्दु नारीहरुले मनाउने एउटा महत्त्वपूर्ण चाड हाे। याे चाड भाद्र शुक्ल दिूतीयादेखि पञ्चमी सम्म ४ दिन मनाइन्छ।तीजमा भगवान शिवको आरधना गरिनुको साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। यो चाड विशेष हिन्दु नारीहरुको भएपनि अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि मनाउन थालेका छन् ।
यसै विषयमा नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोलपार्क डट कमले मत सर्वेक्षण सुरु गरेको छ । यस संस्थाले नेपालमा हालसम्म ९६ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ ।
मत सर्वेक्षणमा १ शीर्षक र डेमोग्राफिक्समा ५ प्रशनहरु छन् ।
यी प्रश्नहरुले तीजमा एक महिना देखि दर खाने चलनलाई तपाई के भन्नु हुन्छ?, भड्किलो बन्दै गएको आधुनिक तीजलाइ तपाईले कसरी हेर्नु भएको छ?
जस्ता कुराहरु समेटेका छन् ।
मतदान गर्नको लागी :