समाजसेवी विनिता ढुंगानाद्धारा मनमोहन स्मृती पार्कमा वृक्षारोपण
समाजसेवी तथा सामाजीक अभियान्ता विनिता ढुंगानाले वल्खु स्थित मनमोहन पार्कमा वृक्षारोपण प्राकृतिक रुपमा वातावरण स्वच्छ बनाउन सहयोग पुग्योस् भन्ने उद्येश्य राखेर वृक्षारोपण गरेको उहाँले बताउनु भएको छ । हरियो बन नेपालको धन भने पनि दिन प्रति दिन जंगल फडानी हुदै जानु दुखद कुरा भएको पनि उहाँले बताउनुभयो ।
मंगलबार विहान जापनिज हलुवावेद प्रजातिको २० वटा विरुवा रोप्नु भएको हो । यसले पार्क हरावरा बनाउनुका साथै फल पनि खान मिल्योस् भने उद्येश्य राखेर वृक्षारोपण गरेको ढुंगानाले बताउनु भयो । यस्तै किसिमले वृक्षारोपण गर्ने हो भने र विरुवामा फल फले देखी विदेशी आयात थोरै हुने अनि सानो मात्रामा भएपनि अर्थतन्त्रमा सहयोग पुग्ने ढुंगानाले व्यक्त गर्नु भयो ।
सहरी क्षेत्रमा हरियाली कम भएर कंक्रीट जंगल (धेरै घर हुनु) भएकोले यस्तो वृक्षारोपणले केहि हदसम्म वातावरण प्रदुषाीत हुन रोक्ने पनि उहाँले जानकारी गराउनु भयो ।
पार्कमा हावा खान होस् वा आराम गर्न होस् वा एकैनाशको फलफूल को बोट देख्दा मनलाई रमाईलो अनुभव पनि हुने कुरा ढुंगानाले बताउनु भयो ।
तस्वीर:आशा के.सी.