काठमाडौं उपत्यकामा थप ९९३ लाई कोरोना संक्रमण
काठमाडौं उपत्यकामा थप ९९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ९९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। काठमाडौंमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० संक्रमित थपिएका छन्।
थप ३ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १६ हजार ८३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ११ हजार ८३९ जनाको पिसिआर र ४ हजार ९९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।