चीन विश्वव्यापी सुरक्षा चुनौती भएको नाटो नेताहरूको घोषणा
उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) का नेताहरूले चीन विश्वव्यापी सुरक्षा चुनौती भएको घोषणा गरेका छन्।
सोमबार बेल्जियमको बर्सेल्समा भएको नाटो शिखर सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा चीनका गतिविधिलाई विश्वव्यापी सुरक्षा चुनौतीका रूपमा उल्लेख गरिएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको पहलमा उत्तर अमेरिकी र युरोपियन मुलुकहरू सदस्य रहेको नाटोले एक स्वरमा चीनले विश्व प्रणालीलाई निरन्तर प्रहार गरिरहेको बताएको हो।
'चीनको लक्ष्य र उसको आक्रामक व्यवहार कानुनमा आधारित अन्तर्राष्ट्रिय प्रणाली र गठबन्धन सुरक्षाका लागि चुनौती हो,’ वक्तव्यमा भनिएको छ।