बाटो खन्न गएको डोजरमा आगजनी र तोडफोड
मोरङको पथरीशनिश्चरे वडा नं. ५ मा बाटो खन्न गएको डोजरमा तोडफोड र आगजनी गरिएको छ।
आफ्नो बारी खन्नुपरेको भन्दै स्थानीय पदमदेवी उप्रेती र उनकी बुहारी बेनिशा चौलागाईंले डोजरमा आगजनी र तोडफोड गरेका हुन्। नगरपालिकाको निर्णय अनुसार वैशाख ४ गते स्थानीय, जनप्रतिनिधि र प्रहरीले बाटो खोल्न उक्त स्थानमा पुग्दा उप्रेती सासु-बुहारीले डोजरमा तोडफोड र आगजनी गरेका हुन्।
आगजनी र तोडफोडबाट डोजरमा क्षति पुगेको छ। घटनापछि वडाध्यक्षसहित स्थानीयले जाहेरी दिए पनि इलाका प्रहरी कार्यालय पथरीले उनीहरूलाई पक्राउ गरेको छैन।