राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य गरिन्
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति भण्डारीले सोमबार दिउँसो १ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गरेकी हुन्।यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।
फागुन २३ देखि हिउँदे अधिवेशन सुरू भए पनि सरकारले विजनेश नदिएको भन्दै प्रभावकारी ढंगले संसद अगाडि बढ्न नसकेको गुनासो थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। तर सर्वोच्चले फागुन ११ गते प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको थियो। प्रधानमन्त्री ओलीले एमसिसी संसदमा छलफलका लागि पेश गरिनुपर्ने बताइरहेका बेला अधिवेशन नै अन्त्य गर्न सिफारिस गरिएको छ।
प्रतिनिधि सभा बैठक मंगलबार बोलाइएको थियो।