सुनको मूल्य तोलामा ९१ हजार पुग्यो
आइतबार बढेको सुनको भाउ सोमबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ सय रूपैयाँ बढेको सुनको मूल्य सोमबार ३ सय रूपैयाँ बढेको छ ।
सोमबार छापावाल सुन तोलामा ९१ हजार रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन तोलामा ९० हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलामा ९० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार स्थिर चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी आइतबारकै मूल्य अर्थात १ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।