११४ जनामा कोरोना पुष्टि
नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा २ हजार ७९० मा पीसीआर गर्दा १०४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ४२४ पुगेको छ । हाल देशभर ९१५ सक्रिय संक्रमित रहेका छन् ।
मंगलबार काठमाडौँ उपत्यकामा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँका ३४, ललितपुरका ७ तथा भक्तपुरका २ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ ।
पछिल्लो २४ घन्टामा थप ९४ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ४९५ पुगेको छ । नेपालमा कोरोनाबाट निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।