कांग्रेस सभापति गगन थापाद्वारा विशेष बैठक आह्वान
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका मुख्य पदाधिकारीहरूको विशेष बैठक आह्वान गरेका छन्।
आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारका पछिल्ला गतिविधि, पत्रकार तथा सञ्चारगृहमाथिको धरपकडलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
बैठकमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापतिहरू पुष्पा भुसाल, चन्द्र भण्डारी र मधु आचार्य तथा महामन्त्रीहरू प्रदीप पौडेल, डिला संग्रौला र उदयशमशेर राणालगायत सहभागी हुनेछन्।
बैठकपछि सभापति थापाले मुलुकको समसामयिक राजनीतिक अवस्था र पछिल्ला घटनाक्रमबारे विशेष सम्बोधन गर्ने कांग्रेसले जनाएको छ।