रोहिणीका १६ सामुदायिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका १६ वटै सामुदायिक विद्यालयलाई खेलकुद सामग्री, वाटर डिस्पेन्सर र डेस्क–बेन्च वितरण गरेको छ।
गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न पालिकाले आवश्यक स्रोतसाधन उपलब्ध गराउँदै आएको छ।
उनले विद्यालयहरूले सरकारी नीति तथा शैक्षिक मापदण्ड पालना गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए।
पालिकाले खानेपानी, फर्निचर तथा खेलकुद सामग्रीलगायत आवश्यक पूर्वाधारमा लगानी गर्दै शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।