लागूऔषधसहित देशका विभिन्न स्थानबाट १३ जना पक्राउ
प्रहरीले देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। शुक्रबार र शनिबार गरिएको नियमित गस्तीका क्रममा उनीहरू पक्राउ परेका हुन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट तीन, कैलालीबाट तीन, झापा र सुनसरीबाट दुई–दुई तथा पर्सा, लमजुङ र बर्दियाबाट एक–एक जना पक्राउ परेका छन्।
पक्राउ परेकाहरूको साथबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ, डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिनलगायत लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट नगद २० हजार २०० रुपैयाँ र एउटा मोटरसाइकलसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।