भोलि महाशिवरात्री, यी रुटका सवारी साधनहरू प्रभावित हुन सक्छन्
महाशिवरात्रीका दिन भाेलि काठमाडौं उपत्यकाका विभिन्न सवारी प्रभावित हुने भएका छन् । महानगरीय ट्रफिक प्रहरी महाशाखाका अनुसार पशुपतिनाथको मन्दिरमा दर्शन गर्न आउने तिर्थयात्रीहरुको चापलाई मध्यनजर गर्दै विभिन्न सवारी रुटहरु प्रभावित हुने भएका हुन् ।
चक्रपथ (रिङरोड)काका सवारीहरु भने प्रभावित नहुने भएका छन् । दर्शनार्थीको चाप अत्याधिक भए चावहिल गौशलातर्फ, पुरानो बानेश्वरबाट गौशलातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुलबाटगौहलातर्फ, द्वारीका होटलको उत्ततरतर्फका शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामपापेखरी कुटुवाहालबाट, मित्रपार्कतर्फ, तिलगंगाबाट गौशला, मालवाहक सवारीहरु तिनकुनेबाट सिनामंगल तिलगंगा, जोरपाटी नारायणटारबाट करिडोरबाटो हुँदै आउने मालवाहरु सवारीसाधनहरु गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोरमार्ग हुँदै होटल महाराजा निस्कने मार्ग, जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी चुच्चेपाटीबाट चावहिलतर्फ आउने सवारीहरु निषेध हुनसक्ने जनाइएको छ ।