सप्तरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
सप्तरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको पोर्ताहास्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. ३३ प ७७१५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना.७ ख ९३३९ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरीको कञ्चनरूप नगरपालिका-५ निवासी २० वर्षीय देव कुमार चौधरीको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका सोही स्थानका १९ वर्षीय प्रदीप मुखिया घाइते छन्।
दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।