अमेरिकामा अस्पतालभित्र गोली चल्यो , बन्दुकधारी पक्राउ
न्युुर्योकको म्यानहट्टनस्थित एक अस्पतालभित्र गोली चलाएपछि केही घण्टासम्म बाथरुममा लुकेर बसेका एक बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ, न्युुर्योक पोस्टमा समाचार छ ।
६५ वर्षका यी व्यक्तिले बिहीबार राति झन्डै ८ बजेर ४५ मिनेट जाँदा ईस्ट ६७ स्ट्रिटस्थित मोमोरियल स्लोआन केटरिङ अस्पतालको अर्जेट केयरमा गोली चलाएको अधिकारीहरुले बताएका छन् । अधिकारीहरुका अनुसार उनले ५ वा ६ पटक फायर गरेका थिए ।
घटनापछि मध्यरातअघि नै उनलाई हिरासतमा लिइएको र छानविन चलिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस घटनामा कोही घाइते भएको विवरण भने प्राप्त भएको छैन ।