२ सय ५९ जना संक्रमित थपिए
मुलुकमा थप २ सय ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ९९ र पुरुषको संख्या १ सय ६० छ ।
पछिल्लो २४ घण्टामा ४ हजार २ सय ८६ जना जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ५९ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ ।
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय २६ जना संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४८ जना महिला र ७८ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भक्तपुरमा ९, ललितपुरमा १८ र काठमाडौंमा ९९ जना गरी जम्मा १ सय २६ जनामा कोरोरना पुष्टि भएको हो । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २३ हजार २ सय ८५ पुगेको छ ।