सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराले दिए राजीनामा
(कैलाली) सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि अर्थमन्त्री बोहोराले पदबाट राजीनामा दिएका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा प्रचण्ड–माधव पक्षको वर्चश्व छ । उनलाई बर्खास्त गर्ने तयारी गरेपछि राजीनामा दिएको स्रोतको दावी छ । केहि दिनअघि केपी ओली पक्षका भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरालाई पदमुक्त गरिएको थियो । बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए ।
तत्कालीन माओवादी केन्द्रबाट बाम गठनबन्धका उम्मेदवार बनेका बोहरा फागुन ५ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरिएका थिए ।