क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकलाई कोरोना संक्रमण
क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकलाई कोरोना भाइरसबाट संक्रमण भएको छ । गत शनिबार उहाँकी श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकको पनि स्वास्थ्य परीक्षण गरिएकोमा कोेरोना पोजेटिभ रिपोर्ट आएको हो ।
संक्रमित प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक अहिले १० दिनका लागि सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरूले जानकारी दिएका छन् । उहाँलाई पहिलो पटक परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । तर स्वास्थ्यकर्मीहरूले फेरि परीक्षण गर्न सुझाब दिएपछि पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उहाँले घरबाटै आफ्ना काम गरिरहनु भएको अधिकारीहरुले बताएका छन् । उहाँले आइसोलेसनमा बसेर कोरोनासम्वन्धी आधारभूत स्वास्थ्य सतर्कता पालना गरेको उनका सहयोगीहरूले जानकारी दिएका छन् ।