बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु
(भोजपुर) भोजपुर नगरपालिका–५ काउलेमा बोलेरोले किच्दा चालकको मृत्यु भएको छ। शुक्रबार बिहान ६:३० बजे मे१ज २९८८ नंको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
आफैँ साहु तथा चालक रहेका तामाङलाई गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा पछाडि सरेर किचेको प्रहरीको भनाइ छ। तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।