तीन जनाको मृत्यु
(दार्चुला) दार्चुलामा आईतबार राती ट्रक दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । गोकुलेश्वर बाट सदरमुकाम खलंगा तर्फ आइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउपालिका १ भर्तोला भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख पदम बहादुर विष्टले जानकारी दिनुभयो ।
दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक २४ वर्षीय शेर सिंह कार्कीको परिचय खुलेको छ भने बाँकी दुई जनाको परिचय खुल्न बाँकी प्रहरीले बताएको छ । गए राति १० बजे ट्रक दुर्घटनामा परेको खबर प्रहरीलाई आएपछि धाप प्रहरी चौकी र दत्तु प्रहरी चौकीलाई दुर्घटना स्थलमा परिचालन गरिएको थियो ।
प्रहरी टोलीले विहान तीन बजे सम्म उद्धार गरि जिल्ला शवहरु जिल्ला अस्पताल पुर्याइएको डिएसपी विष्टको भनाई छ । ट्रक सडकबाट झण्डै १२० मिटर तल खोल्सामा खसेको जनाईएको छ ।