फ्रान्समा अप्रिलदेखि जुन २०२१ सम्म भ्याक्सिन अभियान चलाउने राष्ट्रपति म्याक्रोंको घोषणा
फ्रान्सले आगामी वर्ष अप्रिल र जुनमा कोभिड-१९ को खोप अभियान सुरु गर्ने लक्ष्य लिएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले आगामी जुन २०२१ सम्म देशमा राष्ट्रिय स्तरमा भ्याक्सिनेश क्याम्पियन चलाउने घोषणा गरेका छन् ।
यो क्रममा सबै जनतासमक्ष सरकारी भ्याक्सिन पुर्याउने उनले घोषणा गरेका हुन्। म्याक्रोंले भने, ‘२०२१ को सुरुवातमा उच्च जोखिममा रहेका मानिसलाई भ्याक्सिन लगाइने छ। त्यसमा डक्टर्स, नक्र्स, प्रहरी र जनतासँग दैनिक सम्पर्कमा रहने सरकारी कर्मचारीलाई सहभागी गराइने छ।
आम जनताका लागि भ्याक्सिन क्यान्पियन चलाइने छ। यो अभियान अप्रिलमा सुरु गरिनेछ। यो अभियानका क्रममा सबैलाई भ्याक्सिन लगाइनेछ,’ उनले भने।